गाईसँग ठोक्किएर मोटरसाइकल दुर्घटना हुँदा सुर्खेतमा पौडेलको मृत्यु

सुर्खेत ः सुर्खेतमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका–८ का ५० वर्षका महेश पौडेल रहेका जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
सोमबार साँझ साढे ६ बजेतिर दैलेखचोकबाट आउँदै गर्दा कालिनचोकमा भे ५ प ४०४२ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरीक्षक वकिल सुनारले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटना लगत्तै पौडेललाई प्रदेश अस्पताल पु¥याइएको थियो ।
उहाँलाई ८ बजेतिर अस्पतालले मृत घोषणा गरेको हो । तीव्रगतिमा रहेको मोइरसाइकल गाईसँग ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।










