स्टेचर भाँचिएपछि बाटोमै सुत्केरी गराउदै स्वास्थ्यकर्मी

मोहनजंग शाही
जाजरकोट ः स्वास्थ्यसंस्था लिदै गर्दा स्टेशचर भाँचिएपछि जाजरकोट कुशे गाउँपालिका–५ की सुनिता विकलाई बाटोमै सुत्केरी गराएको छ । दशैंको विदामा रहेका स्वास्थ्यकर्मी अनिलबहादुर विसीले स्टेशचर भाँचिएकै ठाउँमा गएर सुनितालाई सुत्केरी गराउनुभएको हो ।
ढिमे स्थित स्वास्थ्य संस्थामा सुत्केरी गराउनका लागि आफन्तले सुनितालाई सोमबार विहान लिदै गर्दा बाटोमै स्टेचर भाँचिएको थियो । औखलढुंगाको सिद्धिचरण नगरपालिका –६ जन्तरखानी स्वास्थ्य चौकीका प्रमुख रहेका विसी दशैं मनाउन घर आउनुभएको थियो । सुरक्षित रुपमा बाटोमै सुत्केरी भएकी सुनिताको नवजात शिशु (छोरा) र आमाको स्वास्थ्य अवस्था राम्रो भएको स्थानीय शिक्षक सुनिल शाहीले जानकारी दिनुभयो ।










