बाला त्रिपुरासुन्दरीको पुजा पछि मात्र त्रिपुरोकोटमा दशैंको टिका

डोल्पा ः डोल्पाको त्रिपुराकोटमा दशैँको टीका जमरा आफ्नै साइतमा लगाउने गरिन्छ । नेपालभर ज्योतिषको साइतअनुसार टीका जमरा लगाउने गरे पनि डोल्पाको त्रिपुराकोटमा भने परापूर्वकालदेखि नै आफ्नै साइतअनुसार दशँैको टीका लगाउने प्रचलन छ । नेपालमै प्रसिद्ध शक्तिपीठका रुपमा रहेको बाला त्रिपुरासुन्दरी मन्दिरमा बेलुकाको नित्यपूजापाठपछि मात्रै सबैले घर घरमा टीका जमरा लगाउन शुरु गर्ने कृष्णचन्द्र पाण्डेले बताउनुभयो ।

“नेपालभर टीकाको एउटै साइत भए पनि त्रिपुराकोटमा भने आफ्नै साइतमा लगाइन्छ, त्रिपुराकोटवासीले मन्दिरमा नित्य पूजाआजाका लागि दशमीको दिन बिहानै प्रत्येक घरबाट जमरा टीका चढाउन लैजाने गर्छन”, पूजारी पाण्डेले भन्नुभयो , “दशैँको औँशीको दिनदेखि दशमीको दिनसम्मको नवरात्र अवधिमा पूजाआजाका लागि आएका ब्राह्मण र पूजारीबीच एक अर्कामा जमरा टीका लगाएर बिदाइ गरेपछि मात्र सबैले आ–आफ्नो घरमा शुरु गर्ने प्रचलन अझै कायम छ ।”

ज्योतिषका अनुसार आज बिहान ११ बजेर ३६ मिनेटमा देशैभर टीकाको उत्तम साइत भए पनि त्रिपुराकोटमा भने आज पुजा सकिएपछि मात्र टिकाको साइत खुल्ला हुने गर्दछ । नेपालभर ज्योतिषको साइतअनुसार जमरा टीका लगाउने प्रचलन भए पनि त्रिपुराकोटमा बाला त्रिपुरासुन्दरीमा पुजा सकिएपछि मात्रै गाउँमा टीका जमरा लगाउने प्रचलन नेपालमै नयाँ रहेको बताइएको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!