खहरे खोलाले मोटरसाइकल बगाउँदा २ जनाको मृत्यु

रुकुम पश्चिम , २४ भदौ ः रम्मा खहरे खोला आएको बाढी मोटरसाइल मार्फत तर्न खोज्दा रुकुम पश्चिमको मुसिकोट नगरपालिका–४ का ५० वर्षीय सर्जन पुन , वडा नम्वर ६ की ३३ निर्मला थापा केसीको मृत्यु भएको छ ।

गएराती मुसिकोट नगरपालिका– ६ र ७ सिमानामा रहेको रम्मा खोलामा आएको बाढीले उनीहरुको मृत्यु भएको हो । खहरे खोलाले मोटरसाइल सहित बगाउदा दुवैको ज्यान गएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नवराज पोखरेलले बताउनुभयो । नगरपालिकाको वडा नम्बर ७ स्थित साँखबाट मासु लिएर वडा नम्बर ६ को कानेवाङ तर्फ जाने क्रम्मा खहरे खोलाले बगाउदा मृत्यु भएको हो ।










