जाजरकोटको धुमामा पहिरोले वडा सदस्य सहित दुई घरमै पुरिय

सुर्खेत , २३ भदौ ः जाजरकोटको बारेकोट गाउँपालिका–६ धुमामा पहिरोले घर पुर्दा बारेकोट गाउँपालिका–६ की वडा सदस्य प्रेमकुमारी चलाउने , उहाँका श्रीमान मानबहादुर चलाउनेलाई पहिरो पुरेको छ ।
राती २ बजे आएको पहिरोले पुरिएको मध्य चलाउनेकी ११ वर्षीया छोरी सम्झना चलाउने घाइते भइ उद्धार गरे लिम्सा स्थित अस्पतालमा ल्याउदै गरेको वडाअध्यक्ष डम्वरबहादुर महताराले जानकारी दिनुभयो । पुरिएका चलाउने दम्पतीलाई घर भित्रबाट निकाल्न नसकिएको उहाँको भनाई रहेको छ । प्रहरी विहान ६ बजे घटना स्थल पुगेपनि दम्पतीलाई निकाल्न नसकिएको उहाँले जानकारी दिनुभयो ।
घटना स्थलमा रामीडाडा, नायकवाडा तथा सेपुखोलाबाट प्रहरी खटिएको जाजरकोटका डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिनुभयो । घटना स्थलमा फोनले कभरेज नहुने भएकाले समस्य भएको उहाँको भनाई रहेको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!