जाजरकोटको धुमामा पहिरोले घर पुरियो

सुर्खेत , २३ भदौ ः जाजरकोटको बारेकोट गाउँपालिका–६ धुमामा मानबहादुर चलाउने घर पहिरोले पुरिएको छ । गएराती आएको पहिरोले चलाउनेको घर पुर्दा मानवीय क्षती भएको आशंका गरिएको छ ।

घटना स्थलमा रामीडाडा, नायकवाडा तथा सेपुखोलाबाट प्रहरी खटिएको जाजरकोटका डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिनुभयो । घटना स्थलमा फोन नलाग्ने भएकाले बाँकी विवरण आउन नपाएको उहाँको भनाई रहेको छ ।

चलाउनेको घरमा तीन जना परिबार रहेको नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य प्रभात चलाउनेले बताउनुभयो । अन्य छिमेकीको घर पनि पहिरोले क्षती बनाएको हुन सक्ने चलाउनेले बताए ।




सम्बन्धित समाचार


error: Content is protected !!