भेरी खवर मिडियाद्धारा खडका , पुन र अधिकारी पुरस्कृत

जाजरकोट ः भेरीखवर मिडियाले प्रत्येक वर्ष उपलब्ध गराउदै आएको पुरस्कार आब २०८०/८१ का लागि पत्रकार रेशमबहादुर खडका र नलगाड नगरपालिकाको कैनी स्वास्थ्य चौकीका इन्चार्ज हेमा पुन , भेरी नगरपालिका कृषि शाखाका प्रमुख यज्ञ अधिकारीलाई दिने भएको छ ।
वर्षेनी भदौमा दिदै आएको यो पुरस्कार समाचारमा धेरै कभरेज र मिडियामा कर्मचारीका सकरात्मक समाचारलाई आधार मानिएको छ । भदौ २१ गत बसेको सञ्चालिक समितिको बैठकले यो निर्णय गरेको समाचार संयोजक मोहनजंग शाहीले जानकारी दिनुभयो । पुनले भूकम्पकाे समय देखि आब ०८०/ ८१ मा नलगाड नगरपालिकाले समेत उत्कष्ट स्वास्थ्य संस्था घोषण गरेकोमा पर्दछ ।










