पहिरोमा परि एकै तीनै जनाको मृत्यु

सुर्खेत / जाजरकोटको नलगाड नगरपालिका–२ डाडागाउँ माझगाउँमा पहिरोमा परि एकै घरका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाबु ४२ वर्षीय लालबहादुर परियार , आमा ३४ वर्षीया मनिसा परियार र २ वर्षका छोरा शुभम परियारको मृत्यु् भएको इलाका प्रहरी कार्यालय , नलगाड ७ दल्लीका प्रहरी निरीक्षक माधवप्रसाद चौधरीले जानकारी दिनुभयो । चौधरीको कमाण्डमा ७ जनाको टोली घटना स्थल पुगको छ । भूकम्प पछि निर्माण गरिएको अस्थायी टहरामा बस्दै आएको उक्त परिवार आज सोमबार विहान २ बजे आएको पहिरोले पुर्दा मृत्यु भएको चौधरीले जानकारी दिनुभयो ।
घटना स्थल नलगाड नगरपालिकाको प्रशासकीय केन्द्र दल्ली नजिकै रहेको छ । आज विहान २ बजे तीर पहिरो गएको अनुमान गरिएको पाँचतारा यूवा संरक्षण मञ्चका अध्यक्ष छवि पन्तले बताउनुभयो ।










