अलपत्र योजनाहरुमा बजेटको व्यवस्था गर्न मुख्यमन्त्रीसँग अध्यक्ष गिरीको आग्रह

सुर्खेत / जाजरकोटमा अलपत्र अवस्थामा रहेका विकास निर्माणका विषयमा कर्णालीका मुख्यमन्त्री यामलाल कंडेलसँग बारेकोट गाउँपालिकाका अध्यक्ष बीरबहादुर गिरीले ध्यानाक्रण गराउनुभएको छ ।
जाजरकोटको बारेकोटका लागि प्रदेश सडक गुरु योजनामा सडक समाबेश नलगाड नगरपालिका र बारेकोट गाउँपालिकाको बीचमा रहेको खारा स्थित नलगाड नदी माथी बेलिबृज जडान गर्नका लागि बजेटको व्यवस्था गर्न उहाँले आग्रह गर्नुभएको छ । बारेकोट गाउँपालिकाको प्रशासकीय केन्द्र नजिकै रहेको दोमिल्दा स्थित बेलिबृज निर्माण गर्न समेत आग्रह गर्नुभएको छ । नलगाड नगरपालिकाको कालिमटी – बारेकोट –जुम्ला सडक, लुम्विनी रारा सडक खण्डसँग जोडिएको कुशे गाउँपालिकाको पाँचकाटिया– बारेकोट– जुम्ला सडक र बारेकोट गाउँपालिकाको साघुतरा– दह –जुम्ला सडक निर्माण गर्नका लागि बजेट व्यवस्था गर्न आग्रह गरिएको अध्यक्ष गिरीले जानकारी दिनुभयो ।
सधै झोलामा योजना हालेर परिणम खोलामा बनाउने परिपार्टी अन्तय गर्नुपर्ने उहाँको भनाई रहेको छ । खारामा बेलिब्रिज पुलका सामान आएर लामो समय देखि अलपत्र परेको बताउदै अध्यक्ष गिरीले तत्काल उक्त सामग्री जडान गर्न बजेटको व्यवस्था गरिदिन मुख्यमन्त्री कंडेल र आर्थिक मामिला तथा योजनामन्त्री राजिवविक्रम शाहलाई जानकारी गराएको उहाँको भनाई रहेको छ ।

बजेट अभावका कारण भारी मात्रामा विकास निर्माणका कामहरु अलपत्र परेको भन्दै उहाँले प्रदेश सरकारले त्यसका काममा बजेटको व्यवस्थापन गरि परिणाममुखी बनाउन आग्रह गरिएको बताउनुभयो ।










