नक्कली भुटानी शरणार्थी प्रकरण ः बेचन झाविरुद्धको मुद्दा हेर्दाहेर्दैमा
काठमाडौँ ः नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झाको थुनछेक बहस आजका लागि हेर्दाहेर्दैमा सकिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश तीर्थराज केसीको इजलासमा मुद्दा हेर्दाहेर्दैमा रहेको हो ।
सरकारी वकिल, बेचन पक्षका कानुन व्यवसायीले भने बहस सकिसकेका छन् । सबै पक्षको बहस सकिएपछि बेचनलाई थुनामा पठाउने वा धरौटीमा रिहा गर्ने भन्नेबारे आदेश हुन्छ ।
सरकारी वकिलले बेचनलाई ठगी, लिखत किर्ते, राज्यविरुद्ध र सङ्गठित अपराध सम्बन्धी कसुरमा प्रतिवादी कायम गरेको छ ।