प्रतिष्ठानका नाममा पार्टी कार्यालय स्थापना गर्नका लागी सार्वजनिक जग्गा अतिक्रमण

बाँके ः बाँकेको कोहलपुर नगरपालिका वडा २ मा रहेको प्रेम नगर र तेह्र बिगाहमा सत्तासिन दुई दल नेपाली कांग्रेस र नेकपा (एमाले) ले कोहलपुरमा रहेका सार्वजनिक जग्गा प्रतिष्ठानका नाममा पार्टी कार्यालय स्थापना गर्नका लागी प्रकृया अगाडी बढाएको प्रति नेकपा माओवादी केन्द्र, रा.स्व.पा , रा.प्र.पा,नागरिक उन्मुक्ति पार्टी,नेकपा (ए.स.),ने.क.पा,राष्ट्रिय जनमोर्चा र रा.प्र.पा. नेपालले सयुक्त रुपमा गम्भीर ध्यानाकर्षण भएको बताएको छ।देशमा लामो समयदेखि सुकुम्बासी समस्याहरु समाधान नभएको बिद्धितै छ । सुकुम्बासी समस्या समाधानको लागी संघ, प्रदेश र स्थानिय सरकार भएतापनि समस्याको हल भएको अहिले सम्म देखिदैन ।
सुकुम्बासीका समस्याहरुको व्यवस्थापन अन्य पालिकाहरु भन्दा कोहलपुर नगरपालिका भित्र अंझै जटिल रहेको देखिन्छ । कोहलपुरमा सुकुम्बासीको व्यवस्थापनमा लामो समय देखी चुनौती थपिदै गईहरेको छ ।
कोहलपुर नगरमा बिभिन्न सरकारी कार्यालयहरुका लागी जग्गा अपुग भईरहेको कारणले सरकारी कार्यालयहरु स्थानान्तरण भई आउँन नसकेको साथै खुल्ला मैदान, मनोरञ्जन पार्क र खेल मैदान समेत निमार्ण हुन नसकेको अवस्थामा प्रतिष्ठानका नाममा पार्टी कार्यालय बनाउँन सत्तासिन दुई पार्टी नेपाली कांग्रेसले तेह्र बिगाहमा र नेकपा (एमाले) ले प्रेमनगरमा दुवै पार्टीका संघ तथा प्रदेशका माननीय ज्यूहरु, पार्टीका जिम्मेवार नेताहरुको रोहबरमा ३/३ कठ्ठा जग्गा गोला प्रथा प्रणालीबाट बाँडफाँड गर्ने गरी प्रकृया अगाडी बढाएकोमा राजनैतिक दल लाई ध्यानाकर्षण भई कोहलपुर नगरपालिकाका कार्यबाहक नगर प्रमुख एबं नेपाली कांग्रेसका नगर सभापति संग छलफल गर्दा सो प्रकृया अगाडी बढेको भन्ने स्वीकारोत्ति धारणा आएकाले यस प्रकारका महत्वपूर्ण सार्वजनिक जग्गाहरु सत्ताको आडमा बाँडफाँड नगर्न जोडदार माग गरेका छन् ।
सुकुम्बासीलाई विगत लामो समय देखी भोट बैङ्कको रुपमा प्रयोग गदै आएका यि राज्यसत्ता भोग गरेका दलहरुले कोहलपुर नगरपालिका भित्र रहेका सुकुम्बासीको समस्या समाधान गर्नुको सट्टा विभिन्न बहानामा सार्वजनिक सम्पति मास्ने काम गरेको स्रोतले बताएको छ।



