भूकम्पले मुहान सुकेपछि रुकुमबाट पानी

जाजरकोट ः गत कात्तिक १७ गते जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाडाँ केन्द्र विन्दु भएर गएको भूकम्पबाट पानीको मुहान सुक्दा जाजरकोट भेरी नगरपालिका–१ रिम्नाका स्थानीयबासीहरु समस्यमा पदै आएका छन् ।

पानीको मुहान सकेपछि रिम्नाबासीहरु रुकुमपश्चिमको सानीभेरी गाउँपालिका–१ स्थित चाइनाबगरबाट पानी बोकेर दैनिक पिउने गरेको स्थानीयबासी भावना रानाले बताउनुभयो । करिब पाँच किलोमिटर टाढाको दुरीमा रहेको भेरी नगरपालिका–१, पिपेखोला गैरी खेतको मुहानको पानी प्रयोग गरिरहेका यहाँका स्थानीयबासीहरु पानीको मुहान सक्दा भारी समस्य भएको रानाको भनाई रहेको छ । ३२५ घरपरिवार धारामा पानी आउन छाडेपछि रुकुम पश्चिमको चाइनाबगरको सहारा लिनुपरेको छ । त्यस्तै भेरी नगरपालिका–१, रिम्नास्थित दिलमाया रानाले गाउँबस्तीका धारामा पानी आउन छाडेको करिब नौ महिना वित्तेपनि आफ्नो दुख कसैले नहेरेको बताउनुभयो ।

भेरी त्रिवेणी माध्यमिक विद्यालयमा पढने विद्यार्थीहरुलाई समेत पानीको समस्यले सताउने गरेको छ । भेरी नदीको धमिलो पानी खाँदा रोगले आव्रmमण गर्छ भन्ने डरले पुलपारि गएर पानी ल्याउनुपर्ने बाध्यता रहेको विद्यार्थी गिता रानाले बताउनुभयो । समय मिलाएर पढाइसँगै पानी बोक्ने गरेको कुरा यहाँका विद्यार्थीले बताउने गरेका छन् ।





error: Content is protected !!