जाजरकोटको छेडागाडमा घर भत्किदा एकै घरका आठ घाइते

काँक्रेविहार (सुर्खेत) /  जाजरकोटको छेडागाड नगरपालिका–१२ काँडागाउँमा घर भत्किदा एकै घरका आठ जना घाइते भएका छन् ।
३५ वर्षीय घरमुली पदमा अधिकारी लगाएत आठ जना परिवारका सदस्य घाइते भएपछि उपचारका लागि जाजरकोट अस्पतालमा ल्याइएको छ । शुक्रबार १ बजे एक तले ढुङगा , माटोबाट निर्माण भएको घर भत्किएपछि पदमका अन्य घरका सदस्यहरु १० वर्षीय दिनेश अधिकारी , ३० वर्षीय सरिता अधीकारी , १४ वर्षीय नविन अधिकारी, ६५ वर्षीय भिरकुली अधिकारी , १५ वर्षीया सुजता अधिकारी, १६ वर्षीया संगिता अधिकारी र १४ वर्षीय नवराज अधिकारी घाइते भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका कार्यालय प्रमुख पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिनुभयो ।

संगिता र नवराज सामान्य घाइते भएकोले घरमै रहेको उहाँले जानकारी दिनुभयो । सरिता , पदम र दिनेश गम्भिर घाइते भएको उहाँले बताउनुभयो । छ जनालाई जिल्ला अस्पतालमा ल्याइएको छ ।





error: Content is protected !!