नक्कली भुटानी शरणार्थी प्रकरण ः फरार अभियुक्त बेचन झा पक्राउ

काठमाडौं ः नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झा पक्राउ परेका छन् । फरार सूचीमा रहेका उनलाई गएराति कञ्चनपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यसअघि हिजो प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापालाई पक्राउ गरेको थियो ।

उनी काठमाडौंको बौद्धबाट पक्राउ परेका थिए । उनी पनि नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार थिए ।





error: Content is protected !!