शे फोक्सुण्डोले ल्यायो ३७ करोडको बजेट

सुर्खेत , ५ असार ः आर्थिक वर्ष २०८१/ ८२ को लागि डोल्पाको फोक्सुण्डो गाउँपालिकाले रु ३७ करोडको बजेट ल्याएको छ ।
गाउँपालिकाका अध्यक्ष धावा सम्डुक गुरुङले असार २ गते सुरु भएको गाउँसभा असार ५ गते समापन भएको बताउनुभयो । गाउँपालिकाले सबै भन्दा बढी बजेट उर्जा क्षेत्रमा बिनियोजनत गरेको उहाँको भनाई रहेको छ । पूर्ण विद्युतीकरण गर्नका लागि सामान्यकीरण बजेटको १ तिहाई रकम बिनियोजन गरिएको छ । त्यस्तै टेलिफोन टावर निर्माण गर्नका लागि दोस्रो प्राथमिकता पालिकाले राखेको छ ।
१२ वर्ष पछि सञ्चालन गर्न लागेको ९ सय वर्ष पुरानो शे मेलाको सबै खालका व्यवस्थापनका तेस्रो प्राथमिकता , राजधानीसँग दुरी छोट्याउने लागि मुस्ताङबाट जोडिएको बाटोलाई पालिका सम्मा जोडका लागि पालिकाले लगानी गर्ने कार्यक्रमलाई चौथो प्राथमिकतामा पारेर गाउँसभा सम्पन्न गरेको प्रमुख प्रशाकीय अधिकृत सुमन ढकालले जानकारी दिनुभयो । बजेट ल्याउनेमा देशकै पहिलो गाउँपालिका फोक्सुण्डो भएको उहाँको भनाई रहेको छ ।










