कर्णालीका सामूदायिक विद्यालयका शिक्षकले अब प्रदेश सरकारबाट अनुदान पाउने

सुर्खेत ः र्णाली प्रदेश भरिका सामूदायिक विद्यालयमा शैक्षिक गुणस्तर उकास्न प्रदेश सरकारले अब लगानी गर्ने भएको छ । यसअघि विद्यालयहरुको भौतिक पूर्वाधारमा लगानी गर्दै आएको प्रदेश सरकारले आगामी आर्थिक वर्ष देखि विद्यार्थीको चाप अनुसार अंग्रेजी, गणित र विज्ञान विषयका शिक्षकहरुको तलब भत्ताका लागि एकमुस्ट रुपमा अनुदान दिने भएको छ ।

यसअघि सामूदायिक विद्यालयहरुमा विद्यार्थीहरुको चाप बढेको र दरवन्दी २०५१ कै रहेको भन्दै शिक्षकहरुले दरवन्दी मिलान गर्नुपर्ने माग गर्दै आइरहेका थिए ।

यस्तै कर्णालीका ७० ओटा विद्यालयलाई नमूना विद्यालय बनाउन बजेट विनियोजन गरिएको मन्त्री केसिले बताए ।

प्रदेश सभामा आज बजेट भाषण गर्दै कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसिले जाजरकोट भूकम्प प्रभावित क्षेत्रको पुर्ननिर्माणका लागि पचास करोड रकम व्यवस्था गरिएको बताएका छन् ।

उनका अनुसार कर्णाली प्रदेश सरकारले जाजरकोट भूकम्पपीडितहरुका स्वास्थ्य संस्था र शैक्षिक क्षेत्र पुर्ननिर्माण गर्न पचास करोड विनियोजन गरेको हो ।

अस्पताल पूर्वाधार विकासका लागि प्रदेश अस्पताललाई पचास करोड, जाजरकोट, सल्यान र दैलेख जिल्ला अस्पतालका लागि पच्चीस करोड पचास लाख रुपैंया विनियोजन गरिएको आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसिले बताए ।

उनले महिला स्वस्थ्य स्वयंसेविकाले वार्षिक रुपमा पाउँदै गरेको प्रोत्साहन भत्ता अनुसार दश हजार रुपैंया दिईने बताए ।





error: Content is protected !!