कर्णालीका प्रमुख पर्यटकीय स्थल निर्माण गरिने

सुर्खेत, १ असार ः कर्णाली प्रदेश सरकारले आगामी २०८१÷८२ को बजेट ल्याएको छ । ३२ करोडमा साना सिँचाई , पोखरी मर्मत बजेट बिनियोजन गरिएको छ । कृषि यन्त्रिकरणका लागि १ करोड २ लाख बिनियोजन गरिएको छ । बिउँमा आतमनिर्भर प्रदेश बनाउने लक्ष्य लिइएको छ ।
डोल्पामा चौरी विकास फार्म , दैलेखमा बाख्रा र सल्यानमा सुन्तला विकास गरिने बजेट भाषण मार्फत आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसीले बताउनुभयो । ऐतिहासिक युद्धस्थल कालिकोटको पिली , रुकुमको खारामा युद्ध संग्रालय निर्माण गर्न बजेट बिनियोजन गरिएको छ । मुगुको रारा ,सुर्खेतको काँक्रेविहार , बुलबुले ताल ,उद्यन, रुकुम पश्चिमको स्यार्पुताल संरक्षणका लागि बनेको गुरु योजना अनुसार १४ करोड रकम बिनियोजन गरिएको छ । सुर्खेत विमानस्थल स्तरोन्नती गर्न बजेट बिनियोजन गरिएको छ ।





error: Content is protected !!