कृषि उत्पादन तथा व्यावसायिक तालिम नलगाडमा सुरु

जाजरकोट ः नलगाड नगरपालिकाको दल्लीमा कृषि उत्पादन तथा व्यावसायिक तालिम सुरु भएको छ । बिभिन्न निकायको सहयोगमा पूर्वमन्त्री गणेशप्रसाद सिंहको सहकार्यमा उक्त तालिम भएको हो । तालिमा बिभिन्न कृषि सम्वन्धी विज्ञहरु सहभागी भएर प्रशिक्षण दिइरहनुभएको पूर्वमन्त्री सिंहले जानकारी दिनुभयो । दुइ दिन सम्म चल्ने उक्त प्रशिक्षण कार्यक्रममा भारी मात्रामा कृषकहरुको सहभागीता रहेको छ । त्यस्तै बाणिज्य बैंकले सहुलियतकर्जा केही समयमा लागू गर्ने भएकोले सो सम्वन्धी जानकारी गराएको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!