सवारी दुर्घनामा परि घाइते भएकालाई निशुल्क उपचार गर्न मन्त्री शाहीको निर्देशन

सुर्खेत / कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री बीरबहादुर शाहीले बैशाख २७ गते कालिकोटको खुलालुबाट पताला गाउँपालिकामा जान लागेको जिप दुर्घटना परि घाइते भएका आठ जनालाई निशुल्क उपचार व्यवस्था मिलाउन प्रदेश अस्पताललाई निर्देशन दिनुभएको छ ।
मन्त्री शाहीले मन्त्रालयबाट पत्राचार गर्दै सबै घाइतेलाई निशुल्क उपचार गर्ने व्यवस्था मिलाउन निर्देशन दिइएको मन्त्रालयका कानुन अधिकृत एकराज चौलागाईले जानकारी दिनुभयो । शनिबार निर्देशन दिए लगत्तै मन्त्री शाही आइतबार बिहान बिरामीलाई भेटन प्रदेश अस्पताल कालागाउँ पुग्नुभएको छ । पतला गाउँपालिका ६ की लक्ष्मी विक , राजिव विक ,लाल विक ,घनान्ने विक , वडा नम्वर ३ की जैमल विक ,पारस विक , यैमान विक र नरहरिनाथ १ का खडक विक घाइते भएका थिए ।
घाइतेका आफन्तलाई भेटेर सबै उपचार निशुल्क हुने विश्वास मन्त्री शाहीले विश्वास दिलाउनुभयो । सबैको अहिले प्रदेश अस्पतालमा उपाचार जारी रहेको छ । निशुल्क उपचारको निर्देशन दिएको भोलिपल्ट मन्त्री शाही बिरामीको अवस्था तथा उहाँहरुका आफन्त भेटन अस्पताल पुग्नुभएको हो ।







