भेरी करिडोरको निर्माणधिण पुल , सडकको मन्त्री बुढाद्धारा अनुगमण

सुर्खेत , २९ वैशाख ः भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री शेरबहादुर बुढाले भेरी करिडोर भित्र निर्माणधिण पुल तथा सडकको निरीक्षण गर्नुभएको छ ।
१३ वटा भन्दा पुल तथा ११८ किलोमिटर सडक खण्ड भित्र ५६ किलोमिटर भित्र भइरहेको कामको जानकारी लिनका साथै निर्माण व्यवसायीलाई काममा तिब्रता दिन मन्त्री बुढाले निर्देशन दिनुभएको छ । तोकिएको समय भित्र निर्माण कार्य सुरु हुन नसकेका भेरी करिडोर भित्रका पुलहरुको निरीक्षण गर्दै तत्काल निर्माण व्यवसायीलाई ताकेता गरी काममा फर्काउन भेरी करिडोर सडक आयोजनाका प्रमुख सुनिल रन्जितकारलाई निर्देशन मन्त्री बुढाले दिनुभयो ।
त्रिदेशीय सडकको रुपमा रहेको भेरी करिडोरको निर्माण हुँन बाँकी रहेको खण्डको कामलाई समेत तिब्रता दिई जनताले अनूभुती हुने खालको काम गर्न आयोजना प्रमुख तथा निर्माण व्यवसायीलाई आग्रह गर्नुभयो । निर्माणधिण तल्लु स्थित पुल लामो समय देखि निर्माण व्यवसायीको ढिलासुस्तीका कारण निर्माणमा बिलम्ब भएको गुनासो बढीरहेको समयमा  बुढाले मन्त्रालयका सचिव , आयोजना प्रमुख तथा निर्माण व्यवसायीलाई संयूक्त रुपमा एकै ठाउँमा राखेर छलफल समेत गर्नुभएको उहाँका प्रेस संयोजक टेकबहादुर शाहीले जानकारी दिनुभयो ।

क्याराभान निर्माण सेवाले काम नै सुरु नगरेर अलपत्र पारेका पाँच वटा पुलको समेत अनुगमण गरिएको छ । अलपत्र पारिएका पुलहरुको बारेमा मन्त्री बुढाले तत्काल काम सुरु गरेर छिटो भन्दा छिटो काम गर्न आग्रह गर्नुभयो । भेरी करिडोरको कुल लम्वाई ३१६ किलोमिटर रहेको छ । डोल्पाको दुनैबाट उपल्लो डोल्पाको तिन्जे लासिक्याप सम्म सडक निर्माण गर्नका लागि ठेक्का लागेपनि काम सन्तोषजनक नभएको भन्दै आलोचना हुँदै आएको छ । गुनासो बढेपछि मन्त्री बुढाले मन्त्रालयका सचिव , आयोजना प्रमुख सहितको टिम लिएर स्थलगत अनुगमण गएको बताउनुभयो ।





error: Content is protected !!