प्रथम कर्णाली म्याराथन ः महिलातर्फको उपाधि एपीएफकी भण्डारीको पोल्टोमा

सुर्खेत ः प्रथम ज्ञान कर्णाली हाफ म्याराथनको महिलातर्फको उपाधि विभागीय टािम सशस्त्र प्रहरी बल ९एपीएफ० की पुष्पा भण्डारीले जितेकी छन् ।
शनिबार बिहान वीरेन्द्रनगरमा भएको २१ किलोमिटर दौडमा एपीएफकी भण्डारीले उपाधि जितेकी हुन् । सल्यानकी भण्डारीले एपीएफबाट अन्तर्राष्ट्रिय स्तरका दौडमा उपाधि चुम्दै आएकी छन् ।
यस्तै, नेपाली सेनाकी सिर्जना पाण्डे दोस्रो हुँदा जुम्लाकी राज्यलक्ष्मी रावत तेस्रो भएका छन् ।








