अब खेलकुदमा दौडिन्छ कर्णाली ः मुख्यमन्त्री कँडेल

काँर्केविहार (सुर्खेत), २९ वैशाख ः कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले समयलाई चिनेर दौडिएमात्र लक्ष्यमा पुग्न सकिने बताउनुभयो ।

कर्णाली प्रदेशको राजधानी सुर्खेत बीरेन्द्रनगरमा रेस नेपालले आयोजना गरिएको कर्णाली हाफ म्याराथुन प्रतियोगिताको उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री कँडेलले खेलकुद मात्र नभई हरेक ठाउँमा समयलाई चिनेर दौडिएमा मात्र सही गन्तव्यमा पुग्न सकिने बताउनुभयो । कर्णालीमा हुने १० औँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै समयमै सम्पन्न गर्न दबाब स्वरुप यो प्रतियोगिताको आयोजना भएको आफूलाई लागेको मुख्यमन्त्री कँडेलले बताउनुभयो । कर्णालीका विकासलाई माग आकांक्षा भन्दा पनि स्रोत साधनको उपलब्धताको आधारमा कार्य योजना बनाइ काम गरिने उहाँको भनाई छ ।

त्यस्तै सामाजिक विकासमन्त्री बीरबहादुर शाहीले १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताले कर्णालीलाई चिनाउने अभियानको लागि सुनौलो समय भएको बताउनुभयो । कर्णालीले पनि खेलकुदमा भारी मात्रामा काम गर्न लागेको छ भन्ने सन्देश दिएको उहाँको भनाई छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा खेलकुदको माध्यमबाट कर्णाली चिनाउने अवसरको रुपमा पनि यसलाई लिइएको उहाँले दाबी गर्नुभयो । धावक हरिबहादुर रोकायप्रति सम्मान व्यक्त गर्दै यस्तै खालका खेलाडी उत्पादनमा कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको जोड रहेको उहाँको भनाई छ ।





error: Content is protected !!