मुख्यमन्त्रीको शपथ बुधबार ३ बजे हुने

सुर्खेत , २८ चैत ः नवनियूक्त कर्णाली प्रदेशका मुख्यमन्त्री नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलले पद तथा गोपनियताको शपथ बुधबार हुने भएको छ । प्रदेश प्रमुखको कार्यालयले दिएको जानकारी अनुसार कँडेललाई प्रदेश प्रमुख तिलक परियारले बुधबार दिउँसो ३ बजे पद तथा गोपनियताको शपथ गराउनुहुने भएको हो ।
कँडेल नेकपा माओवादी केन्द्र र एकिकृत समाजवादीको समर्थनमा मंगलबार मुख्यमन्त्रीमा नियूक्त हुनुभएको हो । केन्द्रमा सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) र नेकपा एमाले बिच भएको भागवण्डमा कर्णाली एमालेको भागमा परेपछि २१ फागुनमा मुख्यमन्त्री राजकुमार शर्माले राजिनामा दिनुभएको थियो ।
शर्माको राजिनामा पश्चात प्रदेश प्रमुख परियारले सात दिन भित्र बहुमत पु¥याएर सरकार गठनका लागि दावी पेश गर्न दलहरुलाई समय दिनुभएको थियो । सोही बमोजिम एमालेका सभामुखसहित १०, माओवादीका १३ र एकिकृत समाजवादीका एक गरी २४ जना सांसदको समर्थनमा कँडेल मुख्यमन्त्रीमा नियूक्त हुनुभएको हो ।










