सल्यानमा ब्याडमिन्टन प्रतियोगिता सुरु

सुर्खेत ।
सप्ताह ब्यापी वनस्पति दिवसको दोस्रो दिन शनिबारदेखि सल्यानमा ूटिमुर कप खुला ब्याडमिन्टन प्रतियोगिताू सुरु भएको छ ।
वनस्पति अनुसन्धान केन्द्र कपुरकोट(३ मुलपानी सल्यानको आयोजनामा सुरु भएको प्रतियोगिता चैत्र २८ गते सम्म संचालन हुने भएको कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गा पुनले जानकारि दिए र प्रतियोगिता उद्घाटन गाउँपालिका अध्यक्ष दुर्गा पुनले नै गरेका हुन ।
खेलमा पालिका भरिका १२ टीमको सहभागिता रहेको
वनस्पती अनुसन्धान केन्द्र सल्यानका प्रमुख डाक्टर मित्र पाठकले जानकारी दिए ।
प्रतियोगितामा प्रथम , द्वतीय र तृतीय हुने समुहले क्रमशस्८०००, ५००० र ३००० रुपैया पुरस्कार प्राप्त गर्ने पनि उनको भनाइ छ ।

प्रतियोगिता उद्घाटन कार्यक्रममा कपुरकोट गाउँपालिकाका उपाध्यक्ष प्रकाश भण्डारि, प्रमुख प्रशासकीय अधिकृत भरत वली, कपुरकोट ब्याडमिन्टन संघका पदाधिकारीहरु, स्थानिय बुद्धिजीवी एवं खेलप्रेमीहरुको उपस्थिति थियो । ूस्थानीय समुन्नतीमा स्वस्थानीय वनस्पतिू भन्ने नाराका साथ वनस्पति बिभागको ६४ औं बार्सिकोत्सव तथा २५ औं वनस्पति दिवसको उपलक्ष्यमा वनस्पति अनुसन्धान केन्द्र सल्यानले सप्ताह रुपि दिवस अन्तर्गत विभिन्न कार्यक्रम संचालन गरिरहेको बताएको छ । दिवसको अवसरमा यहि चैत्र २९ गते दिउसो अन्य कार्यक्रम सहित विशेष समारोहको आयोजना गैरेको अनुसन्धान केन्द्रमा हेड फिल्ड अधिकृत दामोदर दहालले जनाए ।





error: Content is protected !!