माध्यमिक शिक्षा परीक्षा एसईई चैत १५ देखि सुरु

दिपेन्द्र न्येैापाने

सुर्खेत ।

माध्यमिक शिक्षा परीक्षा एसईई चैत १५ देखि सुरु हुने भएको छ । कर्णालि प्रदेशका दश वटा जिल्लामा जम्मा परिक्षा केन्द्र सङ्ख्या १८६ रहेका छन । त्यस्तै रूकुम पश्चिममा २३ वटा, सल्यानमा २५ वटा हुम्लामा ६ वटा मुगुमा ८ वटा डोल्पामा ४ वटा कालिकोटमा २४ वटा जुम्लामा १६ वटा जाजरकोटमा २२ वटा दैलेखमा २५ वटा र सुर्खेतमा ३३ वटा गरि जम्मा १८६ वटा परिक्षा केन्द्र रहेका शिक्षा विकास निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार कर्णालिका दश जिल्लामा यस बर्ष नियमित परीक्षार्थी ३४,९८२ जना रहेका छन जसमा साधारण तर्फ ३३,८४२ जना र प्राविधिक तर्फ १,१४० जना गरि जम्मा ३४,९८२ जना रहेको निर्देशनालयले जनाएको छ ।


रूकुम पश्चिममा साधारण तर्फ ३४७०, जना र प्राविधिक तर्फ ९६ जना, गरि नियमित जम्मा ३५६६ र ग्रेड वृद्दि परीक्षार्थी २७ रहेका छन भने छात्र १८२६, छात्रा १७६७ गरि जम्मा ३५९३ जना रहेका छन ।

सल्यानमा साधारण तर्फ ४,२५३ जना र प्राविधिक तर्फ २९२ जना, गरि नियमित जम्मा ४५४५ र ग्रेड वृद्दि परिक्षार्थि ३७ रहेका छन भने छात्रको सङख्या २१०७ र छात्राके सङख्या २४७५ गरि जम्मा ४५८२ जना रहेका छन ।
हुम्लामा साधारण तर्फ ११०५ जना र प्राविधिक तर्फ ८३ जना गरि नियमित जम्मा ११८८ र ग्रेड वृद्दि परिक्षार्थि ७ रहेका छन भने छात्रको सङख्या ६०४ र छात्राको सङख्या ५९१ गरि जम्मा ११९५ जना रहेका छन ।
,
मुगुमा साधारण तर्फ १०२५ जना र प्राविधिक तर्फ ५७ जना,गरि नियमित जम्मा १०८२ र ग्रेड वृद्दि परिक्षार्थि ३१ रहेका छन भने छात्रको सङख्या ५७१ र छात्राको सङख्या ५४२ गरि जम्मा १११३ जना रहेका छन ।

डोल्पामा साधारण तर्फ ६२४ जना र प्राविधिक तर्फ १०९ जना, गरि नियमित जम्मा ७३३ र ग्रेड वृद्दि परिक्षार्थि शुन्य रहेका छन भने छात्रको सङख्या ३६८ र छात्राको सङख्या ३६५ गरि जम्मा ७३३ जना रहेका छन ।

कालिकोटमा साधारण तर्फ ३६०९ जना र प्राविधिक तर्फ ६४ जना गरि नियमित जम्मा ३६७३ र ग्रेड वृद्दि परिक्षार्थि ६३ रहेका छन भने छात्रको सङख्या १८९४ र छात्राको सङख्या १८४२ गरि जम्मा ३७३६ जना रहेका छन ।

जुम्लामा साधारण तर्फ २३९३ जना र प्राविधिक तर्फ १३४ जना,गरि नियमित जम्मा २५२७ र ग्रेड वृद्दि परिक्षार्थि ३० रहेका छन भने छात्रको सङख्या १३४३ र छात्राको सङख्या १२१४ गरि जम्मा २५५७ रहेका छन ।

जाजरकोटमा साधारण तर्फ ४,५६० जना र प्राविधिक तर्फ ४२ जना गरि नियमित जम्मा ४६०२ र ग्रेड वृद्दि परिक्षार्थि ९२ जना रहेका छन भने छात्रको सङख्या २३०२ र छात्राको सङख्या २३९२ गरि जम्मा ४६९४ जना रहेका छन ।

दैलेखमा साधारण तर्फ ४८५८ जना र प्राविधिक तर्फ १४६ जना गरि नियमित जम्मा ५००४ र ग्रेड वृद्दि परिक्षार्थि २५३ जना रहेका छन भने छात्रको सङख्या २४६७ र छात्राको सङख्या २७९० गरि जम्मा ५२५७ जना रहेका छन ।

र सुर्खेतमा साधारण तर्फ ७९४५ जना र प्राविधिक तर्फ ११७ जना गरि नियमित जम्मा ८०६२ र ग्रेड वृद्दि परिक्षार्थि २८६ जना रहेका छन भने छात्रको सङख्या ४१४१ र छात्राको सङख्या ४२०७ गरि जम्मा ८३४८ जना रहेका शिक्षा विकास निर्देशनालय सुर्खेतले जनाएको छ ।

त्यस्तै बिभिन्न जिल्लामा ग्रेड वृद्दि परिक्षार्थिको जम्मा सङख्या ८२६ जना रहेका छन भने कर्णालि प्रदेशमा माध्यमिक शिक्षा परीक्षा एसईईमा जम्मा छात्र १७,६२३ रहेका छन र छात्रा १८,१८५ जना रहेका छन ।





error: Content is protected !!