दुई वर्षमा क्षयरोगबाट ३ जनाको मृत्यु


सुर्खेत ।
कर्णालि प्रदेशको जुम्ला जिल्लामा दुई वर्षको अवधिमा ३ जना क्षयरोगीको मृत्यु भएको छ। गत आर्थिक २०८९(८० मा ३ जना क्षयरोगीको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको हो। यससँगै उपचारका लागि सम्पर्कमा नआएका क्षयरोगीको संख्या ठूलो हुनसक्ने जन स्वास्थ्य कार्यालय जुम्लाले जनाएको छ। क्षयरोग दिवसको पुर्वसन्ध्यामा पत्रकार तथा सरोकारवालासँग छलफलमा यस्तो तथ्यांक सार्वजनिक गरिएको हो। जन स्वास्थ्य कार्यालय,जुम्लाका प्रमुख कृष्णप्रसाद सापकोटाका अनुसार जुम्लाको चन्दननाथ नगरपालिका भित्रका २ जना र पातारासी गाउँपालिका भित्रका १ जनाको क्षयरोगका कारणले ज्यान गएको हो। गत आर्थिक वर्षको तथ्याङ्कलाई केलाउदा जुम्लामा १ सय ६ जना फेला परेका थिए। जसमध्ये ५३ जना महिला र ५३ जना पुरुषमा क्षयरोग देखिएको छ। भने यस्तै चालु आर्थिक वर्षको साउन देखि फागुन मसान्तसम्म ४५ जना क्षयरोगी देखिएका छन।त्यसमध्ये २१ जना पुरुष र २४ जना महिलामा क्षयरोगी संक्रमित छन। गत आर्थिक वर्ष २०८९(०८० मा कनकासुन्दरीमा ६,सिंजामा ९,गुठिचौरमा ८,हिमामा १२,तिला १३, तातोपानीका १४,पातारासी गाउँपालिकामा १८ र चन्दननाथ नगरपालिकामा २६ जना फेला परेका थिए। यस्तै चालू आर्थिक वर्ष २०८०(०८१ मा कनकासुन्दरीमा ७ ,सिंजामा ३,गुठिचौरमा ४,हिमामा ९,तिला ६, तातोपानीका ६,पातारासी गाउँपालिकामा ७ र चन्दननाथ नगरपालिकामा १०जना फेला परेका छन भने ती क्षयरोगी अहिलेसम्म उपचारको दायरामा नआएको स्वास्थ्यकर्मी बताउँछन। उक्त कार्यक्रममा जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीन्नद आचार्यले सूर्तिजन्य पदार्थको सेवनलाई रोक्न सकेमा क्षयरोगबाट बच्चन सकिने बताए।नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले ग्रामीण क्षेत्रमा क्षयरोगी धेरै रहेको बताए।स्वास्थ्यकर्मीले गाउँ (गाउँमा पुगेर तथ्यांक संकलन गर्नुपर्ने बताएका छन ।










