करेन्ट लागेर लालुमा २ जनाकाे मृत्यु ,,

दिपेन्द्र शर्मा न्याैपाने,
सुर्खेत फाल्गुन, २६
नरहरिनाथ गाउँपालिका ,८ लालुमा बिजुलीको पोल ढल्दा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । एक महिनाअघि राष्ट्रिय प्रसारण लाइन पुगेको लालुमा शनिबार बिहान घरनजिकै पोल ढल्दा करेन्ट लागेर नरहरिनाथ,८ लालुका ४३ वर्षीय केशव थापा र २५ वर्षीय गंग थापाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएकेा छ । प्रहरिका अनुसार ,
केशव स्थानीय मंगलासैनी माविका शिक्षक हुन् भने गंग कृषक हुन् । बिजुलीको पोल व्यवस्थित नगरिएकाले ढलेर ज्यान गएको मंगलासैनी माविका शिक्षक पंखबहादुर विष्टले बताएका छन । घटनाबारे जानकारी आएपछि इलाका प्रहरी कार्यालय कुमालगाउँबाट प्रहरी निरीक्षक प्रकाश केसीको नेतृृत्वमा प्रहरी टोली घटनास्थल पठाइएको जिल्ला प्रहरी कार्यालयका कालिकाेटले बताएकाे छ ।



