जुम्लामा एक पुरुष मृत अवस्थामा फेला परे

सुर्खेत
फाल्गुन १९ गते
जुम्ला एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । शुक्रबार विहान साढे १२ वजे तिर मृत भेटिएका हुन्। मृतक जुम्लाको चन्दननाथ नगरपालिका (८ श्रीढुस्का गाउँका ४५ वर्षका कल बहादुर डाँगी रहेको जिल्ला प्रहरी कार्यालय जुम्ला सूचना अधिकारी उमेश चन्दले बताए । प्रहरीका अनुसार डाँगी १२ दिनदेखि घरबाट बेपत्ता थिए । उनको कम्मर भन्दा तलको भाग स्यालले खाई सकेकाे छ । उनी चन्दननाथ नगरपालिका (९ धरालवाडामा मृत भेटिएका थिए । उनको शव पाेष्टमाटमका लागि अहिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे शवगृहमा राखिएको छ।










