सुर्खेतमा सेरो पोजेटिभ बिरामीहरुको डाइलासिस सेवा सुरु
सुर्खेत ः प्रदेश अस्पताल सुर्खेतमा सेरो पोजेटिम भएका मृगौला बिरामीहरुको डाइलासिस सेवा सुरु भएको छ । अस्पतालका निर्देशक प्राडा डम्बर खड्काले सेरो पोजेटिभ भएका मृगौला बिरामीहरुको लागि डाइलासिस सेवा संचालनमा आएको बताए ।
प्राडा खड्काले धोषणा गरेको ५ दिनमै यो सेवा संचालनमा आएको हो । प्राडा खड्काका अनुसार नेपालमा सरकारी अस्पतालहरुमा शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र बाहेक अन्य सरकारी अस्पतालहरुमा सेवा नदिएको भेटिन्छ । सेरो पोजेटिभ मृगौलाका बिरामीहरुको लागि डाइलासिस सेवा सबै ठाउँमा गर्न मिल्दैन यसको लागि स्वास्थ्य सेवा विभागबाट स्वीकृत लिई संचालन गर्नु पर्ने र यो डाइलासिस सेवा संचालन गर्दा जनशक्ति, छुट्टै मेसिन लगायतको सम्पूर्ण व्यवस्थापन विषेश तरिकाले गर्नु पर्ने हुन्छ अन्नेथा अन्य डाइलासिस गर्ने विरामीहरुलाई सर्छ । त्यसैले अहिले स्वीकृती लिने अन्तिम चरणमा रहेको निर्देशक खड्काले बताए ।
हेमो डाइलासिस सेवा विगत ७ बर्ष अघि क्षेत्रीय अस्पताल हुँदा देखि नै संचालनमा भए पनि भवन र प्राविधिक जनशक्ति अभावका कारण सेरो पोजेटिभ मृगौला विरामीहरुको डाइलासिस सेवा संचालन हुन सकेको थिएन’ ‘अस्पतालका निर्देश प्राडा खड्काले भने,’ ‘सेरो पोजेटिभ भएका मृगौला विरामीहरुले डाइलासिस गर्न महंगो रकम खर्च गरेर काठमाडौंमै जानु पर्ने बाध्यतालाई मध्यनजर गर्दै प्रदेश अस्पतालले उक्त डाइलासिस सेवा संचालनमा ल्याउने घोषणा गरेको थियो र अहिले हामिले संचालनमा ल्यायौ ।’
प्रादेशिक अस्पतालहरुमा सेरो पोजेटिभ मृगौलाका विरामीहरुको लागि डाइलासिस सेवा संचालनमा ल्याउने नेपालको यो पहिलो प्रादेशिक अस्पताल रहेको प्राडा खड्काको भनाइ छ । सेरो पोजेटिभ मृगौलाका विरामीहरु भन्नाले हेभाटाइटिस वि ,सी एचआइभि लगायतका संक्रमति भएका विरामीलाई मान्न सकिन्छ
यो रगतका माध्यमबाट सर्ने रोग भएकाले यसको लागि तालिम प्राप्त जनशक्ति चाहिने भएकोले अस्पतालले यसको लागि शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रसँग सहकार्य गरी केहि समय अघि तालिमको लागि कर्मचारीहरु पठाएको थियो ।