ओलीलाई प्रचण्डले दिए जन्मदिनको शुभकामना

काठमाडौं, ११ फागुन । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई जन्मदिनको शुभकामना दिएका छन्। प्रधानमन्त्री प्रचण्डले ओलीलाई शुक्रबार फोन गरेर जन्मदिनको शुभकामना दिएका हुन्।

‘सम्माननीय प्रधानमन्त्री तथा नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई फोन गरी जन्मदिनको अवसरमा सु–स्वास्थ्य तथा दिर्घायूको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ’, प्रचण्डको सचिवालयले भनेको छ। ओली २०८० फागुन ११ गतेबाट ७३ वर्ष प्रवेश गरेका छन्।




सम्बन्धित समाचार


error: Content is protected !!