भूकम्प प्रभावित क्षेत्रमा निर्माणको जनशक्ति तयार हुँदै

हेमन्त केसी
जाजरकोट ः भूकम्प प्रभावित पालिकामा निर्माणको काम गर्नका लागि उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जाजरकोटले जनशक्ति तयार गरिरहेको छ ।

जिल्लाका सबै ठाउँमा निर्माण हुने सुरक्षित आवास तथा अस्थायी आवास निर्माण गर्नका लागि १२ कलस्टरमा तालिम लिई जनशक्ति तयार पार्ने काम जारी रहेको कार्यालयका प्रमुख महेन्द्र कुमार भडेलले जानकारी दिनुभयो । भेरी नगरपालिका, नलगाड नगरपालिकामा तालिमको काम भइसकेको छ भने बाँकी पालिकामा तालिमका कामहरु हुने उनले बताए । १५ दिने भूकम्प प्रतिरोधात्मक घर निर्माण गर्नका लागि डर्कमी तालिम दिएर स्थानीय यूवाहरुलाई भवन निर्माण गर्न सक्षम बनाउने काम भएको प्रमुख भडेलले बताए । भेरी नगरपालिका–१ पिपेमा १० जना , नलगाड नगरपालिका–३ ,७ र १२ मा ३० जना डर्कमी उत्पादन गरिएको छ । त्यस्तै अन्य ठाउँमा समेत तालिमको व्यवस्था गरि जनशक्ति उत्पादनको काम सुरु भएको कार्यालयले जनाएको छ ।

भूकम्प प्रतिरोधी घर निर्माण गर्दा डर्कर्मीको अभाव हुन नदिन र अदक्ष डकर्मीका कारण आउने समस्य हल गर्न उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जाजरकोटले यो गाउँ ,गाउँमा तालिम दिन सुरु गरेको भडेलले जानकारी दिनुभयो । १० कलस्टरमा दिइने उक्त तालिमले जिल्लामा निर्माणका काममा सहयोग हुने कार्यालयले अपेक्षा गरेको छ । नलगाडमा ३ कलस्टरमा , भेरीमा २ कलस्टरमा तालिममा दिइएको छ । अन्य पालिकामा पनि यही तालिका अनुसार सिप सिकाउने तालिम दिन लागिएको छ । दक्ष जनशक्ति प्रयोग गर्नका लागि बाहिर जिल्लाको सहयोग लिनु भन्दा स्थानीय यूवाहरुलाई तालिम दिएर सिप सिकाएर रोजगारीको सिर्जना गर्न यो पहल थालिएको हो । अहिले जिल्लामा सबै ठाउँमा अस्थायी आवासको निर्माणको काम चलिरहेको छ । जिल्ला भरी १५० भन्दा बढी निर्माणका लागि जनशक्ति उत्पादन गर्ने लक्ष्य रहेको छ ।

४२ हजार ५२४ वटा भूकम्प प्रतिरोधात्मक घर जाजरकोटका सात पालिकामा निर्माण हुने छन् । ६ हजार ६३४ भेरीमा , नलगाडमा ८ हजार ९७ , छेडागाडमा ४ हजार २५६ , बारेकोटमा ५ हजार ५८६ ,कुशेमा ५ हजार ८८७ , जुनिचाँदे गाउँपालिकामा ३ हजार २११ र शिवालय गाउँपालिकामा ३ हजार ३०९ वटा घर निर्माण हुने छन् । सोही संख्यामा अस्तथायी आवास समेत निर्माणको काम चलिरहेको छ । १९ हजार ७०१ वटा मात्र अस्थायी टहरा निर्माण भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।





error: Content is protected !!