पाल्पामा जीप दुर्घटना अपडेट -८ जनाको घटनास्थलमै मृत्यु , १५ बढी घाइते, घाइते सबैको अवस्था गम्भीर

बबिता विष्ट
पाल्पा ः पाल्पामा मंगलबार दिउँसो जीप दुर्घटना भएको छ। तानसेन नगरपालिकाको डुम्रेबाट तिनाउ गाउँपालिकाको चिदिसतर्फ जाँदै गरेको लु१ज २३७१ नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले बताए।

उनकाअनुसार ८ जनाको मृत्यु भएको छ। उनीहरूको घटनास्थलमै मृत्यु भएको हो। १५ जना भन्दा बढी घाइते भएका छन्। घाइते सबैको अवस्था गम्भीर रहेको प्रनाउ श्रेष्ठले बताए। घाइतेलाई तानसेनको प्रभासस्थित लुम्बिनी मेडिकल कलेजमा उपचार लागि लगिएको छ।

दिउँसो साढे चार बजेतिर दुर्घटना भएको हो। अहिले पनि उद्वारकार्य जारी रहेको डिएसपी श्रेष्ठले बताए। भित्री कच्ची सडकमा दुर्घटना भएको हो। जीप सडकभन्दा तल खसेको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।





error: Content is protected !!