सशस्त्र प्रहरीका चार डीआईजीको काज सरूवा

काठमाडौं, २५ माघ । सशस्त्र प्रहरी बलका चार जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)को काज सरूवा गरिएको छ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बुधबार मन्त्रीस्तरीय निर्णयगर्दै उनीहरूको काज सरूवा गरेको सशस्त्र प्रहरी बलले जनाएको छ।











