जाडो छल्न मुगुका नागरिकलाई कम्मल बितरण

खड्क सुनार, न्युज कारखाना

मुगु, २३ माघ । पछिल्लो समय मौषम परिवर्तनसँगै हिमाली जिल्ला मुगुमा चिसो बढ्दै गएपछि यहाँका नागरिकलाई कम्मल वितरण गरिएको छ।

छायाँनाथ रारा नगरपालिकाको सहयोग र नेपाल रेडक्रस सोसाईटी शाखा कार्यालय मुगुको समन्वयमा जाडो छल्न मुगुका ज्येष्ठ नागरिक, अपाङ्गता लगायत अन्य ब्यक्तिहरूलाई कम्मल वितरण गरिएको हो।

आज एक कार्यक्रमबीच छायाँनाथ रारा नगरपालिकाका नगर प्रमख बिष्णुकुमार भाम र रेडक्रस सोशाइटी कार्यालय मुगुका सभापति जय बहादुर मल्लले सयुक्त रूपमा करिव २ सय जनालाई कम्मल वितरण गरिएको नेपाल रेडक्रस सोशाइटी शाखा कार्यालय मुगुका मन्त्री रत्नसिंह मल्लले बताए।

उनका अनुसार हिमाली जिल्ला मुगुका नागरिकहरू, त्यसैमा पनि ग्रामिण क्षेत्रका ज्येष्ठ नागरिक चिसो समयमा केही ओत लागोस भनेर २ सय जनालाई एक/एक वटा कम्मल वितरण गरिएको बताए।

आर्थिक वर्ष २०८०/८१ मा ठूलो संख्यामा कम्मल वितरण गरिएको हो। जसमा अपाङ्गता ३० जना, नगर ज्येष्ठ नागरिक ३० जना, मुन्दु गाउँका २० जना, शोभाका ५०, अन्य तथा उपशाखामा २० जनालाई कम्मल वितरण गरिएको मन्त्री मल्लले बताए।




सम्बन्धित समाचार


error: Content is protected !!