माओवादी केन्द्रकाे संसदीय दलको बैठक बस्दैँ

काठमाडौं, २२ माघ । नेकपा माओवादी केन्द्रकाे संसदीय दलको बैठक बस्दैछ । सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा उक्त बैठक बस्नेछ ।

बैठक बिहान ८ः३० बजे बोलाइएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ । आज देखी सुरू हुने संसदको हिउँदे अधिवेशन अघि माओवादी केन्द्रले दलको बैठक बोलाएको हो ।  सो बैठकमा संसदमा पार्टी कसरी प्रस्तुत हुने र बिधेयकलगायत पार्टीको पोजिसनको बिषयमा छलफल हुने जनाइएको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!