इजरायल नीतिको विरोध गर्न अमेरिका, बेलायत, युरोपका ८०० भन्दा बढी अधिकारी एकजुट

(240202) — GAZA CITY, Feb. 2, 2024 (Xinhua) — This photo taken on Feb. 1, 2024 shows ruined buildings in Gaza City. (Photo by Abdul Rahman Salama/Xinhua)

संयुक्त राज्य अमेरिका, बेलायत र युरोपेली संघका ८०० भन्दा बढी अधिकारीहरूले गाजा द्वन्द्वमा इजरायललाई आफ्नो सरकारको समर्थनको विरुद्ध असहमति व्यक्त गर्दै सार्वजनिक पत्र जारी गरेको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ।
यस प्रयासलाई सङ्गठित पार्न वा समर्थन गर्ने वर्तमान र पूर्व अधिकारीहरूले बताएका छन् , यो जमघट एट्लान्टिक पारका सहयोगी राष्ट्रहरूमा भएका युद्धमा आफ्ना सरकारहरूको नीतिको खुलेर आलोचना गर्न एकसाथ आयोजित पहिलो उदाहरण हो यसले न्यायको पक्षमा आफ्ना धारणा राख्छ ।
द न्यु योर्क टाइम्सले अधिकारीहरूले जारी गरेको आशय अनुसार आफ्ना सरकारहरूको वर्तमान नीतिले स्वतन्त्रता र नैतिक बललाई कमजोर पार्ने दल्लेख गरेको छ ।
हाम्रा सरकारका नीतिहरूले अन्तरराष्ट्रिय मानवीय कानूनको गम्भीर उल्लङ्घन, युद्ध अपराध, र नरसंहारमा सहयोग पुर्या उने सम्भावित जोखिम छ, जारी पत्रमा भनिएको छ।
प्रतिवेदनका अनुसार हस्ताक्षरकर्ताहरूमध्ये करिब ८० अमेरिकी एजेन्सीहरूसँग सम्बद्ध छन्। त्यसैगरी हस्ताक्षरकर्ताहरू मध्ये, सबैभन्दा बढी प्रतिनिधित्व गर्ने प्रशासकीय अधिकारयुक्त सामूहिक ईयु संस्थाहरू हुन् ।




सम्बन्धित समाचार


error: Content is protected !!