किन भयो एमाले सुर्खेतको नवौँ अधिवेशन स्थगित ः के भन्छन् अध्यक्ष विसी

सुर्खेत ः फाल्गुन ४, ५ र ६ गते तोकिएको नेकपा एमाले सुर्खेतको नवौँ जिल्ला अधिवेशन स्थगित भएको छ । जिल्ला अध्यक्ष अमृत विसीले प्रेस विज्ञप्ति जारी गर्दै अधिवेशन स्थगित भएको जानकारी गराए । स्थगित गरिनुका पछाडि विभिन्न कारणहरु रहेको समेत उनले उल्लेख गरेका छन् ।

अध्यक्ष विसीले आठौँ जिल्ला अधिवेशनबाट आजका मितीसम्म आईपुग्दा जसरी पार्टी साझा तरिकाले चन्नु पर्ने हो त्यसरी चल्न नसकेको बताएका छन् । स्वयम् अध्यक्षले नै पार्टी साझा तरिकाले चल्न नसकेको गुनासो गर्नुका पछाडि गुटको राजनीतिलाई संकेत गरेका छन् । साथै उनले आफुमाथि अपमान भएको कुरा पनि उल्लेख गरेका छन् ।

अध्यक्षलाई अवमुल्यन तथा अपमान गर्दै केही व्यक्तिको ईसारामा पार्टीलाई नचाउने प्रयत्नहरु भए, पार्टी जिल्ला कमिटीको बैठक हलमा तालाबन्दी गरी सदस्यहरुलाई बन्धक बनाएर निर्णय गर्न थालियो,’ उनले भने, ‘विभिन्न निर्वाचनमा खुलेआम घात–अन्तरघात गरिए, अधिवेशनबाट बाहिरिएका जिम्मेवार कमरेडहरुलाई आग्रहपूर्ण तरिकाले बाहिर राखियो, केही जिम्मेवारीमा रहेका नेताहरुलले नै चरम अराजकता प्रदर्शन गर्नेक्रम बढ्दै गयो ।

एमालेको प्रथम कर्णाली अधिवेशनपछि सुर्खेतको पार्टी संगठनमा असहजता, झुलाघाट–चिवाभन्ज्याङ्ग, समृद्दिको सङ्कल्प यात्रा अभियान अन्तरगत सुर्खेतमा हुने आमसभाको तयारी बैठक बहिस्कार गरिनु, हरेक जिल्ला सचिवालय बैठकमा बैठकको मर्यादा उलंघन गर्दै प्रस्तुत हुनु जस्ता समस्याहरुको ठोस निराकरण नगरी गरिएको अधिवेशनले सार्थकता प्राप्त नगर्ने र सुर्खेतको पार्टी निर्माण पनि हुँदैन ।’

विसीले आठौँ जिल्ला अधिवेशन पश्चात आन्तरिक प्रतिस्पर्धालाई व्ययस्थित तथा वैज्ञानिक तवरले संचालन गर्न नसकिएको पनि बताएका छन् । यो क्रम अझ बढि पेचिलो बन्ने उनको भनाइ छ । नविकरणको समय हुँदाहुँदै दुरदराजका पार्टी सदस्यहरु नविकरणबाट वन्चित भएको पनि उनले बताएका छन् । साथै उनले पार्टीभित्र गुटबन्दी तिव्र भएको, पार्टी निर्णय कार्यान्वयनमा समस्या सिर्जना हुदै आएको, पार्टी संस्था नै पहिचानहिन हुने अवस्था बनाइएको विसीले बताएका छन् ।





error: Content is protected !!