९५ दशमलव पाँच अंक ल्याएर नलगाड बन्यो जाजरकोटकै उत्कृष्ट पालिका

जाजरकोट ः जिल्लाको नलगाड नगरपालिका प्रशासनिक कार्यसम्पादन मूल्याङ्कनमा जाजरकोटकै उत्कृष्ट पालिका भएको छ । स्थानीय तहहरूको संस्थागत क्षमता स्व मूल्याङ्कन (लिजामा) नलगाड नगरपालिका प्रथम भएको हो ।

आर्थिक वर्ष २०७९ / ०८० को कार्यसम्पादनका आधारमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको नतिजा अनुसार ९५.५ अंक ल्याएर प्रशासनिक मूल्याङ्कनमा उत्कृष्ट भएको नगरप्रमुख डम्वर रावतले बताए ।

विभिन्न सूचकहरूको मूल्याङ्कनको आधारमा आर्थिक वर्ष २०७९÷०८० मा तय भएका कार्यक्रम र कार्य प्रगतिलाई मूल्याङ्कनको मुख्य आधार बनाएर प्रत्येक स्थानीय तहहरूलाई १०० पूर्णाङ्कमा निर्धारण गरी विभिन्न शीर्षकहरूमा मूल्याङ्कन गरिने  भनाई छ । १०० पूर्णाङ्कको मूल्याङ्कनमा नलगाड नगरपालिकाले ९५.५ अङ्क पाएको छ भने छेडागाड नगरपालिकाले ७७.५ पाएको छ ।





error: Content is protected !!