कार्यक्षमता कमजोर भएका राजदूत र नियोग प्रमुखलाई सरकारले फिर्ता बोलाउने

काठमाडौँ ः सरकारले कार्य क्षमता कमजोर भएका राजदूत र नियोग प्रमुखलाई फिर्ता बोलाउने भएको छ । प्रधानमन्त्री प्रचण्डले मंगलबार देशबासीको नाममा सम्बोधन गर्दै यस्तो बताएका हुन् । ‘कार्यक्षमता कमजोर भएका नियोग प्रमुखलाई फिर्ता बोलाइने छ’, उनले भने । उनले अब आफूले कामलाई नतिजामुखी बनाउन लागेको उनको भनाइ छ ।



