विकास साझेदार निकायसँग मिलेर भूकम्प पीडितलाई सहयोग गरेको मन्त्री आचार्यको भनाई

जाजरकोट ः भूकम्पले क्षती भएका जनताका सबै घर बनाउने जिम्मा सरकारले लिने महिला, बालबालिका तथा जेष्ठनागरिक मन्त्री सुरेन्द्र राज आचार्यले बताउनुभयो । भूकम्प पीडितहरुको अबस्था बुझ्न सोमबार भेरी नगरपालिका–१ रावतगाउँ पुगेका मन्त्री आचार्यले यस्तो बताउनुभएको हो ।

झरी लाग्नु भन्दा पहिलेनै पालमुनी रहेका भूकम्प पीडितहरुलाई अस्थायी आबासमा लिई सक्ने सरकारको लक्ष्य रहेको मन्त्री आचार्यले जानकारी दिनुभयो ।भूकम्प गएको ३६ घण्टा भित्रै प्रभावित क्षेत्रमा पुगेर खोज, उद्धार, उपचार, राहत वितरण जस्ता कार्यमा नेपाल सरकारलाई सहयोग गर्दै आएको सेभ द चिल्ड्रेन र सेभ द चिल्ड्रेनसंग साँझेदार स्थानीय संघ÷संस्था लगाएतका विभिन्न दातृ निकाय तथा दाताहरुलाई मन्त्री आचार्यले धन्यवाद दिनुभयो । भूकम्प प्रभावितहरुको पुर्ननिर्माण तथा पुर्नस्थापनासम्मको काममा नेपाल सरकारलाई सहयोग गर्न मन्त्री आचार्यले सम्पूर्ण दातृ निकायलाई अपिल गरेका थिए ।

भूकम्प गएको ३६ घण्टा देखि निरन्तर रुपमा स्थानीय संस्थासंगको साँझेदारीमा सेभ द चिल्ड्रेनले भूकम्प पीडितहरुलाई विभिन्न प्रकारका राहत सामग्रीहरु वितरण गर्दै आएको सेभ द चिल्ड्रेनको निमित्त राष्ट्रिय निर्देशक तारा क्षत्रीले जानकारी दिनुभयो । भूकम्प लगाएतका विभिन्न विपदहरुमा सबैभन्दा बढि जोखिममा सुत्केरी र गर्भवति महिला, सुनौला हजार दिनभित्रका बालबालिका र अपाङ्गता भएका व्यक्तिहरु रहने क्षतीले जानकारी दिनुभयो ।

जोखिमा रहेका २ बर्ष मुनीका सुत्केरी, ५ महिना भन्दा माथिका गर्भवति महिला र क र ख वर्गका अपाङ्गता भएका व्यक्तिहरुलाई सेभ द चिल्ड्रेनले पहाडी क्षेत्र विकास अभियान लगाएत अन्य निकायकाे साझेदारीमा नलगाड नगरपालिका–३ र ४, रुकुमपश्चिमको आठबीसकोट नगरपालिका–११ का ४०० घरपरिवारलाई टेन्ट वितरण गरेको जानकारी दिनुभयो।  अभियानसंगकै साँझेदारीमा भेरी नगरपालिका–१, ३ /४, कुशे गाउँपालिका–७ र रुकुमपश्चिको सानोभेरी गाउँपालिकाका ४०० घरपरिवारलाई टेन्ट वितरण गरेको क्षत्रीले जानकारी दिनुभयो । सानीभेरी गाउँपालिकाकाे १ र ४ मा समेत अभियानले राहत बितरण गरेकाे थियाे ।

मन्त्री आचार्यसंगै भूकम्प पीडितहरुको अबस्थालाई बुझ्न रावतगाउँ पुगेका भेरी नगरपालिकाका प्रमुख चन्द्र प्रकास घर्तीले राहत वितरण, अस्थायी आबास निर्माणसंगै पुर्ननिर्माणको कामलाई संगसंगै बढाउनुपर्ने बताउनुभयो ।





error: Content is protected !!