वीरेन्द्रनगरमा यातायात व्यवसायी र युवाहरुबिच लफडा ः दुईजना घाइते

सुर्खेत ः सुर्खेतको वीरेन्द्रनगरमा यातायात व्यवसायी र युवाहरुबिच लफडा भएको छ । बिहीवार अपराह्न ४ बजेको समयमा वीरेन्द्रनगर नगरपालिकाको रंगशाला नजिकै यातायात व्यवसायी र दुई युवाहरुबिच लफडा भएको हो ।

लफडा हुँदा दुई जना युवाहरु घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । घाइते हुनेहरुमा जाजरकोटको कुशे गाउँपालिका–८ बस्ने वष्र्म १८ का आनन्द सिँह र सोही ठाउँ बस्ने वर्ष १८ का नविन शाही रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कृष्ण खड्काले जानकारी दिए ।

उनकाअनुसार घाइते युवाहरुले मापसे गरिएको बुझिएको छ । ‘अहिलेसम्म लफडा किन भएको हो केही पत्ता लागेको छैन्, हामीले अनुसन्धान गरिरहेका छौ, ति दुई जना केटाहरुले मापसे गरेजस्तो देखिएको छ, अहिले उपचार र मापसे चेक गर्नको लागि अस्पताल पठाएका छौँ । ’

निरीक्षक खड्काले भने, ‘लफडा केही समय अगाडि भएको हो, हामी घटनास्थलमा गएको बेला अरुले यातायात व्यवसायीसँग झगडा भन्दै हुनुहुन्थ्यो । तर, को सँग भएको हो थाहा भएको छैन् ।’ उनीहरुलाई हाल उपचारको लागि प्रदेश अस्पताल कालागाउँ पठाइएको छ । लफडा के कति कारणले भएको हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीको भनाई छ । घाइतेको अवस्था सामान्य रहेको छ । स्रोत ः खबरदृष्टि





error: Content is protected !!