भूकम्पपीडितलाई माओवादीको ५० लाख रुपैयाँ सहयोग

काठमाडौँ ः नेकपा (माओवादी केन्द्र) ले जाजरकोट भूकम्पपीडितका लागि ५० लाख राहत रकम सहयोग गरेको छ । माओवादी केन्द्रका उपाध्यक्ष पम्फा भुसालले आज प्रधानमन्त्री पुष्पकमल दाहाललाई सहयोग हस्तान्तरण गरेकी हुन् ।

भेटमा माओवादी नेताहरूले भूकम्प प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनामा सरकारले निर्वाह गरेको भूमिकाप्रति धन्यवाद दिँदै राहत र पुनःस्थापनालाई प्रभावकारी बनाउन ध्यानाकर्षण गराएका थिए ।





error: Content is protected !!