भूकम्प पीडित मानसिक समस्यमा

जाजरकोट ः गत शुक्रबार राती भूकम्प जाँदा निन्द्रामा रहेकी नलगाड नगरपालिका –३ का रमिता थापा हतार हतार दुइ छोरा,छोरी च्यापेर हतार हतार घर बाहिर निस्किनुभयो । बाहिर निस्क्दा खुट्टामा चोट लागेर सामान्य घाइते पनि हुनुभयो । सदरमुकाम खलंगाको नयाँ बस्तीमा बस्दै आउनुभएकी थापा र उहाँका छोरा,छोरी अहिले नयाँ बस्ती स्थित सडकको किनारमा त्रिपाल टाँगेर रात बिताउदै आउनुभएको छ ।

उहाँलाई अहिले जुन समयमा पनि भूकम्प गइरहेको र शरिर हल्लाइरहेको जस्तो समस्य देखिएको छ । खुल्ला सडक भन्दा माथी त्रासले जान नसक्नु भएका थापाकी १४ वर्षीया छोरी समेत राती सुतीरहेको समयमा हल्लायो ममी भन्दै कराउने गरेको आमा रमिताले बताउनुभयो । भूकम्पले मानसिक त्रासमा रहेका अधिकांश सदरमुकामबासी अहिले सडकको छेउ,छाउँमा त्रिपालको सहारामा रात दिन कटाइरहेका छन् । सदरमुकाम देखि बाहिर घर भएर सदरमुकाम भाडामा बस्दै आएका सर्बसाधारण भाडाकै घर भत्किएपछि सबै भन्दा ठुलो मारमा परेका छन् ।

राहत स्वरुप आएको त्रिपाल , अन्य सामग्री घरमुलीको नाममा आउने गरेपछि सदरमुकाम बाहिर ठेगाना भएका पीडित सबै भन्दा बढी मारमा परेको भेरी नगरपालिका–३ थाप्लेका मिलन चदाराले बताउनुभयो । वडा कार्यालयमा त्रिपाल माग्न जाँदा घरमुली बाहेक अरुले नपाउने भनेपछि आफूहरु हैरानीमा परेको उहाँको भनाई छ । खुल्ला चौरमा बस्दै आएको मिलनको परिवार अहिले राहत , माग्दा माग्दा हैरान भएपछि हाम्रो कोही रहेन्छ भन्दै निरास हुनुभएको छ । त्यस्तै अर्का गणेश थापाले वडा कार्यालयमा त्रिपाल माग्न जाँदा वडा सचिव उपेन्द्रजंग शाहले म त्रिपाल दिन्न जहाँ मरे मर भन्दै हप्काएर पठाएको बताउनुभयो ।

पीडितले त्रिपाल माग्दा जहाँ मरे मर , म दिन्न भन्नु अराजकताको पराकाष्ट भएको उहाँको भनाई रहेको छ । वडा सचिवले हप्काएपछि जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारलाई पीडा सुनाएपछि पुन ः एक थान त्रिपाल पाएको उहाँले सुनाउनुभयो । वडा कार्यालयमा राहत बितरणमा व्यापक पक्षपात भएको थापाको भनाई रहेको छ । सुरुमा क्षती भएको नामावली संकलन गरि हाम्रो पनि लिएको थियो , अहिले हाम्रो नाम लिष्ट छैन भन्दै त्रिपाल नदिने कुरा सुन्दा आफू थप मारमा परेको थाप्लेका झलक मल्लले बताउनुभयो । घर पूर्ण रुपमा भत्किएर समस्यमा परेको झलकको परिवारले अहिले सम्म त्रिपाल सम्म पाउन सकेको छैन ।

यो परिवारले घर भत्किएपछि कुनै पनि सामग्री घरबाट निकाल्न नपाएको गुनासो गरेको छ । भूकम्पको केन्द्र रहेको बारेकोट गाउँपालिकामा झन ठुलो समस्य रहदै आएको छ । समय समयमा भूकम्पको पराकम्पन जाने क्रम जारी रहेपछि काममा निस्कने जागर नै नचलेको बारेकोट गाउँपालिका–४ का प्रेम बोहराले बताउनुभयो । यो समाचार तयार पार्दा सम्मा ३३९ पटक यहाँ पराकम्पन गएको भूकम्प मापन केन्द्रको अभिलेखमा रेकड भएको छ ।

बालबालिका र बृद्धहरु सबै भन्दा बढी त्रासमा भएको बोहराले बताउनुभयो । तिहारमा मिठो मसिनो खाने र आफन्तहरु एक ठाउँमा भएर भेटघाट गर्ने उदेश्य राखेका यहाँका सर्बसाधारणहरु भूकम्पबाट पीडित बनेपछि घर न घाटको भएका छन् । घर सँगै विद्यालय समेत भत्किएपछि बालबालिकाहरु थप तनावमा छन् । घर भत्किएको छ भने पढन जाने विद्यालय समेत भत्किएको छ विस्तारै विकासको लयमा आउन लागेको जाजरकोटमा भूकम्पले फेरी एक पटक विकासको बाटो बन्द गरिदिएको छ ।

कुन पालिकामा कति क्षती

भेरी नगरपालिकामा ३४४ घर पूर्णरुपमा भत्किएका छन् भने आंशिक ७१२ , २ वटा विद्यालय पूर्ण रुपमा भत्किएको र १७ वटा आंशिक रुपमा क्षती भएको छ । त्यस्तै भेरी नगरपालिकामा ५ वटा सरकारी कार्यालयमा क्षती पुगको छ । मृत्युको संख्य ३६ रहेको छ भने घाइते ६५ रहेको छ । नलगाड नगरपालिकामा २०० घर पूर्णरुपमा क्षती भएको र ६०० घर आंशिक भत्किएका छन् । विद्यालय १२ पूर्ण रुपमा भत्किएका छन् भने आंशिक रुपमा २१ वटामा क्षती पुगेको छ । ६ वटा सरकारी कार्यालयमा क्षती भएको छ । मृत्यु हुनेको संख्य ५२ रहेको छ । ७३ जना घाइते भएका छन् । छेडागाडमा १०० घरमा पूर्ण क्षती भएको र आंशिक रुपमा ५०० मा क्षती भएको छ ।

तीन विद्यालयमा आंशिक क्षती भएको पाइएको छ । मृत्यु २ जनाको भएको छ भने घाइते १ जना भएको बताएको छ । कुशे गाउँपालिकामा ९५ वटा घर पूर्ण रुपमा क्षती भएको छ भने ३०१ वटा आंशिक रुपमा क्षती पुगेको छ । ४ वटा विद्यालय पूर्ण रुपमा भत्किएका छन् भने १७ वटा आंशिक रुपमा क्षती भएको पाइएको छ । सरकारी कार्यालय १ वटा पूर्ण रुपमा भत्किएको भने १७ वटा आंशिक रुपमा क्षती पुगको छ । २ जनाको मृत्यु र १ जना घाइते भएको कुशेमा पाइएको छ । १६० घरहरु पूर्ण रुपमा बारेकोटमा भत्किएका छन भने ५६० घर आंशिक रुपमा क्षती पुगेको छ । ५ वटा विद्यालय पूर्ण रुपमा भत्किएका छन् भने २ वटा आंशिक रुपमा भत्किएको पाइएको छ । १ सरकारी कार्यालय पूर्ण रुपमा भत्किएको र २ कार्यालय आंशिक क्षती पुगेको जानकारी प्राप्त भएको छ । ४ जनाको मृत्यु ४ जना घाइते भएका छन् ।

शिवालय गाउँपालिकामा १ घर पूर्ण रुपमा भत्किएको र ३७ वटा घर आंशिक क्षती भएको छ । ५ वटा विद्यालयमा आंशिक क्षती पुगेको छ । एक सरकारी कार्यालयमा क्षती पुगेको बताएको छ । १ जना घाइते भएका छन् । जुनिचाँदे गाउँपालिकामा २७० घर पूर्ण रुपमा भत्किएको र ४ हजार ५६ घरमा आंशिक क्षती भएको छ । जाजरकोटमा १ हजार १७० वटा घर पूर्ण रुपमा क्षती भएको पाइएको छ । ७ हजार १६६ वटा घरहरु आँशिक रुपमा क्षती भएको पाइएको छ । २३ वटा विद्यालयको पूर्ण क्षती र ७५ वटा आंशिक क्षती भएको जानकारी आएको छ । १०१ जनाको मृत्यु भएको छ । १५२ जना घाइते भएको तथ्यांक प्रहरीले जनाएको छ ।





error: Content is protected !!