राहत गोदाममा टनाटन,भूकम्प पीडित भोकभोकै खुल्ला आकाश मुनी

तस्विर :मोहन जंग शाही
जाजरकोट ः गत शुक्रबार राती ११ः४८ बजे रामीडाँडा केन्द्रविन्दु पारेर ६.४ हेक्टर स्केलको भूकम्प जाँदा जाजरकोट र रुकुम पश्चिममा क्षति भएको थियो । उक्त भूकम्पमा मानविय क्षति र घरहरु भत्किने र चर्कीने भएको हुदा घरभित्र बस्ने स्थिती नहुदा सबै मान्छेहरु खुल्ला आकाशमुनि चिसोले काप्दै सुतिरहेका छन् । घरबिहीनहरु भूकम्पले भन्दा चिसो र भोकले मर्ने सम्भावना धेरै देखिएको छ ।

राहत वितरणमा एकद्वार प्रणालि लागु गर्दा पीडितलाई राहत नपुगेको स्थानीयको गुणासो छ । पिडीत खुल्ला आकाशमूनि चिसोले डगडग काप्दै भोकभोकै सुतीरहदा राहत भने जाजरकोट खलंगाका गोदामहरुमा टनाटन थुपारीएको छ ।





error: Content is protected !!