मध्यरातमा ६.४ म्याग्निच्युडको भूकम्प ः केन्द्रविन्दु जाजरकोट
जाजरकोट ः शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर सो भूकम्प गएको हो । जाजरकोट सदरमुकाममा केही घरहरु भत्किएको प्रहरीले जनाएको छ । उद्धारमा प्रहरी परिचालन भएको जनाएको छ ।