पेट्रोलको मूल्य लिटरमा ११ रुपैयाँले घट्यो

काठमाडौं ः नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ। निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँले घटाएको छ भने डिजेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले घटाएको छ।

भारतबाट नै मुल्य घटेर आएपछि नेपालमा पनि स्वचालित मुल्य प्रणाली अनुसार मूल्य घटाएको निगमले जनाएको छ। घटेको मूल्य आजै राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ।





error: Content is protected !!