नेकपाले जाजरकोटमा एमसीसी विरुद्ध प्रदर्शन

मोहन जंग शाही
जाजरकोट ः नेत्रविक्रम चन्द नेतृत्वको (नेकपा) जाजरकोटले जिल्ला सदरमुकाम खलंगामा मिलेनियन च्यालेन्ज कर्पोरेशन (एमसीसी) विरुद्ध प्रदर्शन गर्दै खडक बिष्टको पुत्ला दहन गरेको हो । जिल्ला सेक्रेटरी बिराजन शाहीको अगुवाईमा (नो एमसीसी) को नारा लगाउदै ठाँटी बजारमा कोण सभा गरेको थियो ।

एमसीसी राष्ट्रको हितमा नभएको र अमेरिकी साम्राज्यबाद विस्तारका लागि गरिएको कदम भएको भन्दै प्रर्दशन गरिएको छ । एमसीसीका विरुद्धमा सबै नेपाली जनता एक हुनुपर्ने वेला आएको नेकपा जाजरकोटका सेक्रेटरी विराजन शाहीले जानकारी दिए ।









