वडाले गर्यो सार्वजनिक सुनुवाई (फोटोफिचर)

मोहन जंग शाही
जाजरकोट ः जिल्लाको भेरी नगरपालिका वडा नं ८ ले सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । आ.व. २०७९/०८० मा वडाले गरेको प्रगति विवरण सहित सार्वजनिक सुनुवाई गरेको हो । पार्दशिता, जवाफदेहिता, सहभागिताको अनुभुति वडावासीले गरुन भनी सार्वजनिक सुनुवाई गरिएको वडाध्यक्ष वीर बहादुर चन्दले बताए ।
पाँचतारा यूवा संरक्षक मञ्चको सहकार्यमा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा वडावासीहरुले खुलेर वडाको प्रशंसा गरेका छन् । जाजरकोट जिल्लामा रहेका ७७ वडामध्ये सार्वजनिक सुनुवाई गर्ने पहिलो वडा समेत हो । अन्य वडाहरुले अहिले सम्म सार्वजनिक सुनुवाई गरेका छैनन् । जनतालाई स्थानीय सरकार सँग र सरकारलाई जनता सँग जोड्न सार्वजनिक सुनुवाईले महत्वपूर्ण भूमिका खेलेको स्थानीय कमल चन्दले बताए ।



