फोक्सुण्डो जाने र आउने पदमार्ग अवरुद्ध

जाजरकोट ः भोरी मात्रामा परेको अविरल वर्षाका कारण डोल्पाको शे फोक्सुण्डो गाउँपालिका भित्र पर्ने सुलिगाड देखि फोक्सुण्डो ताल सम्मको पदमार्ग अवरुद्ध भएको छ । पालिका भित्रको छेप्का , रेजी लगाएतका ठाउँमा बसोबास गर्ने स्थानीयबासीहरु समस्यमा परेका छन् । पालिकाको वडा नम्वर ८स्थित लामा तरा क्षेत्रमा रहेको तटबन्ध नदीले डुवाउदा पदमार्ग अवरुद्ध भएको छ ।
यही बाटो भएर सुलिगाड भएर फोक्सुण्डो सम्म जाने गरिन्छ । नदीमा पानीको बहाब बढेसँगै कहाँ कहाँ क्षती भएको छ जाँच बुझ गरेर व्यवस्थापन तीर लाग्ने शे फोक्सुण्डो राष्ट्रिय निकुञ्ज डोल्पाका प्रमुख संरक्षण अधिकृत लाल बहादुर भण्डारीले बताउनुभयो । नदि तथा बाढी पहिरोले कुनकुन ठाउँमा पैदलमार्ग क्षति पुर्याएको छ उक्त स्थानमा तत्काल बैकल्पिक मार्गको लागि निकुञ्जले पहल गर्ने पनि अधिकृत भण्डारीले बताउनुभयो ।










