कर्णाली प्रदेश प्रहरी सेवा सम्बन्धी विधेयक संसदमा पेश

सुर्खेत ः कर्णाली प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा पेश भएको छ । आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णबहादुर जिसीले सोमबार प्रदेश सभाको ३० औँ बैठकमा विधेयक पेश गरेका हुन् ।

मन्त्री जिसीले प्रदेशमा शान्ति सुरक्षा कायम, अपराधको अनुसन्धान, रोकथाम र नियन्त्रण गर्न विधेय ल्याएको बताए । संविधान प्रदत्त मौलिक हक, मानवअधिकारको संरक्षण तथा सम्बद्र्धन र नागरिक स्वतन्त्रताको रक्षा गर्न प्रदेश प्रहरीको गठन, सञ्चालन सुपरिवेक्षण, समन्वय, व्यवस्थापन र नियमनका लागि कानुनी व्यवस्था गर्न आवश्यक भएकोले संसदमा पेश गरेका बताए ।

विधेयक सभाबाट पारित भई प्रदेश प्रमुखद्वारा प्रमाणित भएमा कर्णाली प्रदेशको आफ्नै प्रहरी सम्बन्धी ऐन बन्नेछ ।

ऐन बनेको खण्डमा मन्त्रालय अन्तर्गत एक प्रदेश प्रहरी संगठन रहने छ । अब प्रदेशसभा बैठकको अर्को बैठक मंगलबार ३ बजे बस्नेछ ।

कर्णाली_प्रदेश_प्रहरी_सेवा_सम्बन्धमा_व्यवस्था_गर्न_बनेको_विधेयक

 




सम्बन्धित समाचार


error: Content is protected !!